चीन र भारतका लागि पौडेल र उपाध्याय राजदूत नियुक्त

चीन र भारतका लागि पौडेल र उपाध्याय राजदूत नियुक्त

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारतका लागि राजदूत नियुक्त गरेकी छिन् ।

शनिबार राष्ट्रपति भण्डारीले जनवादी गणतन्त्र चीनका लागि गुल्मी निवासी लीलामणि पौडेल र गणतन्त्र भारतका लागि काठमाडौं त्रिपुरेश्वर निवासी दीपकुमार उपाध्यायलाई राजदूतको रुपमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा दुई सय ८२ को उपधारा (१) बमोजिम मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई राजदूतको रुपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले दुई महिना अघि पौड्याललाई चीन र उपाध्यायलाई भारतका लागि राजदूत नियुक्तीको सिफारिस गरेको थियो । चीन र भारतले प्रस्तावित राजदूत द्वयको नाममा हालै सहमति दिएका हुन् ।

पौड्याल अगस्ट २०१२ देखि नीन बर्ष नेपाल सरकारका मुख्य सचिव थिए । नेपाल—चीन मामिलाका जानकारपौड्यालले नोभेम्बर २००३ देखि जुलाई २००७ सम्म चीनको स्वाशाषित क्षेत्र तिब्बतमा महावाणिज्यदूतका रुपमा काम गरेका थिए ।

तत्कालीन राजदूत डा. महेशकुमार मास्के गत वैशाख २७ मा विस्तारित कार्यकाल सकेर स्वदेश फर्केपछि बेइजिङ्स्थित नेपाली दूतावास प्रमुख विहिन थियो ।

ओली नेतृत्वको सरकारले एमाले नेता एवम्ं पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूत नियुक्तीको सिफारिस गरेको भएपनि सरकार परिवर्तन भएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको वर्तमान सरकारले उनी लगायत राजनीतिक कोटामा नियुक्त १४ जनाको राजदूत नियुक्ति रिफारिस रद्द गरेको थियो । अहिले त्यहाँ परराष्ट्र मन्त्रालयका उपसचिव हरिश्चन्द्र घिमिरे कार्यबवाहक राजदूत छन् ।

उपाध्यायलाई मन्त्रिस्तरको कुटनीतिक दर्जा रहने गरी भारतका लागि राजदूत नियुक्त गरिएको छ । तर पौडेललाई भने राजदूत स्तरको नियुक्ती दिइएको छ । उपाध्याय पूर्व मन्त्री समेत भइसकेका कारण उनलाई मन्त्रीस्तरको दर्जा दिइएको बताइएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि शुरु हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा राजदूत नियुक्तीको गरिएको हो ।
उपाध्यायको भने भारतका लागि पुर्ननियुक्ती हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि राजदूत रहेका उपाध्यायलाई गत वैशाख २४ मा फिर्ता बोलाएको थियो । कांग्रेस नेता समेत रहेका उपाध्यायले ओली सरकार ढाल्न भूमिका खेलेको पाइएपछि सरकारले फिर्ता डाक्ने निर्णय गरेको थियो । उपाध्यायले उक्त आरोपको खण्डन गरेका थिए । त्यसयता परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.