पटाका बरामद गर्दै प्रहरी

पटाका बरामद गर्दै प्रहरी

काठमाडौः प्रहरीले तिहारमा बिक्रीका लागि ल्याइएका आतसबाजी एवं पटाका देशभरबाट बरामद गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार त्यस्ता सामान सबैभन्दा बढी उपत्यकाबाट बरामद भएको छ ।

प्रहरीले २९ असोजमा थानकोट, नागढुंगाबाट १५ हजार सात सयवटा र कात्तिक १ गते नागढुंगाबाटै सात सय ४८ वटा कोब्रा पटाका, चार सय २८ वटा खुर्सानी पटाका, फर्पिङबाट दुई प्याकेट खुर्सानी पटाका बरामद गरेको छ ।

प्रहरी मुख्यालयका अनुसार बालुवाटारबाट प्रहरीले कात्तिक ४ गते ५२ वटा खुर्सानी पटाका बरामद गरेको थियो । सोही दिन चन्डोलस्थित ढुंगेधाराबाट बिडी पटाका १६ वटा र नागढुंगाबाट दुई सय २४ वटा खुर्सानी पटाका बरामद भएको थियो ।

त्यसैगरी ठूलो खरिबोटबाट रकेट बारुद २० वटा, अनारदाना सानो पटाका दुई सयवटा, चक सानो पटाका २० वटा, आलु बारुद ठूलो दुई सयवटा, झिरझिरे १० र भुइँचम्पा पाँच सय ५० वटा बरामद गरको मुख्यालयले जनाएको छ ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार कात्तिक १० गते काँडाघारीबाट प्रहरीले विभिन्न किसिमका एक हजार दुई सयवटा पटाका, चन्द्रागिीरबाट आठ सय १० वटा खुर्सानी पटाका, कात्तिक ११ गते चाबहिलबाट २५ हजार पिस विभिन्न किसिमका पटाका र मरु गणेशबाट ४५ पिस पटाका बरामद गरेको थियो ।

ललितपुर प्रहरीले भने सानेपाबाट कात्तिक ५ गते ठूलो परिमाणमा पटाका बरामद गरेको छ । जसअनुसार विभिन्न किसिमका १७ कार्टुन पटाका र चक्र रकेटलगायतका डेढ सय बढी प्याकेट पटाका बरामद गरेको छ । प्रवक्ता ठकुरीका अनुसार काठमाडौं र ललितपुरबाट ४४ हजार नौ सय ९३ पिस विभिन्न किसिमका पटाका बरामद भएका छन् ।

त्यसैगरी पूर्व क्षेत्रबाट ३७ हजार ६० पिस विभिन्न किसिममा पटाका बरामद भएका छन् । मध्यक्षेत्र प्रहरीले सर्लाही, महोत्तरी, रौटहट, पर्सा, चितवन र मकवानपुरबाट असोज १५ देखि कात्तिक ८ गतेसम्म ४२ हजार दुई सय ३० वटा पटाका बरामद गरेको प्रहरी मुख्यालयले जनाएको छ ।

रूपन्देही, नवलपरासी र कपिलवस्तुबाट विभिन्न किसिमका एक हजार दुई सय २२ थान पटाका बरामद भएका छन् । मध्यपश्चिम प्रहरीले बाँके, दाङ र बर्दियाबाट दुई हजार थान पटाका बरामद गरेको छ । सुदूरपश्चिम प्रहरीले पनि कञ्चनपुर, कैलाली, दार्जुला र बैतडीबाट १ हजार तीन सय ३८ प्याकेट र ३५ दर्जन पटाका बरामद गरेको प्रहरी मुख्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.