सिन्डिकेटले यात्रु हैरान

सिन्डिकेटले यात्रु हैरान

भापाः भद्रपुरकी सविता बस्नेत आइतबार साँझ बिर्तामोडस्थित भद्रपुर रोडमा घर जाने गाडी कुरिरहेकी थिइन् । उनले करिब एक घन्टा गाडी कुरिन् तर सार्वजनिक बस आएन । बस नआएपछि उनले सडक छेउमा पार्किङ गरेको निजी मारुती भ्यानका चालकलाई भद्रपुर जाने भनेर सोधिन् । उनले जाने त भने तर एक जनाको भाडा दुई सय रुपैयाँ मागे । सवितासँग चर्काे भाडा तिरेर घर जानुको विकल्प थिएन । उनी त्यही भ्यानमा घर गइन् ।

बेलुकाको ५ बजेपछि सधैजसो बिर्तामोड–भद्रपुर सडकको दक्षिणतर्फ यात्रुको लाम लाग्छ । उनीहरू सार्वजनिक बसको पर्खाइमा बसेका हुन्छन् । तर, उनीहरूको पर्खाइ बेकार हुन्छ । त्यही सडकछेउमा पार्किंङ गरेर बसेका ट्याक्सी वा मारुती भ्यानले सबारीसाधनको पर्खाइमा बसेका यात्रुलाई चन्द्रगढी वा भद्रपुरसम्मको भाडाका लागि मोलमोलाई सुरु गर्न थाल्छन् । साँझ झमक्क भएपछि ती यात्रुलाई महँगो भाडा तिरेर गन्तब्यमा जान बाध्य बनाउँछ ।

यो श्रृंखला एक दिनको मात्र होइन वर्षाैंदेखि चलिरहेको छ । दिउँसोको समयमा मनग्गे सार्वजनिक बस चले पनि बेलुका भएपछि यात्रुको विचल्ली हुने गरेको छ । झापा सुगम जिल्ला भनेर चिनिए पनि जिल्लाको सदरमुकाम जान बेलुकाको समयमा सार्वजनिक बस नपाउँदा सर्वसाधारण आजित छन् ।

दिउँसो मानिसको चाप बढी हुने भएका कारण मनग्गे सवारीसाधन पाइन्छ । तर, जब मान्छेको भीड अलि कम हुन्छ तब बस मालिक झापा दक्षिणका लागि बस पठाउन आनाकानी गर्छन् । मेची बस व्यवसायीका सचिव राजेन्द्र रिजालका अनुसार मेची यातायात संघ र पूर्वाञ्चल यातायात संघमा आबद्ध यात्रु बस बिर्तामोड–भद्रपुर सडकमा चल्ने गर्छन् ।

झापा सुगम जिल्ला भनेर चिनिए पनि त्यही सुगम जिल्लाको सदरमुकाम जान बेलुकाको समयमा सार्वजनिक बस नपाउँदा सर्वसाधारण आजित छन् ।

तर, ती संघका पदाधिकारीलाई बिर्तामोड -भद्रपुर रुटमा बेलुका बस चलाउन अनुरोध गरे पनि उनीहरूले त्यसमा आनाकानी गर्ने गरेको उनले बताए । रिजालले भने, ‘हामीले पटकपटक अनुरोध गर्‍यौं तर उहाँहरूले टेर्नुभएको छैन । अब गम्भीर छलफल गर्नुपर्ने भएको छ । यातायात व्यवसायीले नाफा मात्र होइन सेवा पनि दिन सक्नुपर्छ ।'

 

पूर्वाञ्चल यातायात संघका अध्यक्ष पारस उप्रतीले बेलुकाको समयमा बिर्तामोड-भद्रपुर रुटमा मान्छे नहुने भएकाले बस चलाउन नसकिएको दाबी गरे । उनले मादक पदार्थ सेवन गरेका मान्छे पनि सवारीमा चढ्ने भएकाले यो रुट बेलुकाका लागि असुरक्षित रहेको दाबी गरे । उप्रतीले भने, ‘हामीले बस साहुलाई बाध्य बनाउन सक्दैनौं बेलुका त्यो रुटमा बस चलाउन । मान्छे नभएपछि कहाँबाट आम्दानी हुन्छ र चलाउनु ? '

बिर्तामोडबाट दैनिक साँझ भद्रपुर जाने एक जना व्यवसायी प्रवेश सरियाले दिनहुँ कोही न कोही व्यक्ति आफ्नो गाडीमा लाने गरेको बताए । उनका अनुसार बेलुका ५ बजेपछि भद्रपुर बस स्ट्यान्डमा यात्रु बस कुरेर बसेका हुन्छन् तर बस आउँदैन । उनी भन्छन्, ‘यो त अति भएको हो । चन्द्रगढी–भद्रपुर जान मानिसले बेलुका भएपछि निकै ठूलो खर्च गर्नुपर्छ ।' यात्रुका अनुसार साना सवारीमा भद्रपुर जाँदा एक जनाको एक सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार पूर्वाञ्चल यातायात संघको एकाधिकारका कारण अन्य सवारीसाधन बिर्तामोड–भद्रपुर रुटमा चलाउन नसकिएको हो । गिरीले भने, ‘न उसले आफ्ना बस चलाउँछ न साना ट्याक्सी वा अन्य सार्वजनिक सवारी हाल्न दिन्छ ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.