सबै दलको सहमतिमा संविधान संशोधनः परराष्ट्रमन्त्री महत

सबै दलको सहमतिमा संविधान संशोधनः परराष्ट्रमन्त्री महत

काठमाडौंः परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सवै दलहरुको सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारेका छन्।

परराष्ट्रमन्त्री डा. महतले भने,‘हामी सबै नेपाली जनताको भावनालाई सम्बोधन गर्ने कोशिशमा छौं, संविधान संशोधनपनि सबैको सहमतिमा नै हुन्छ, यसमा कुनै शंका छैन।’

मन्त्री महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरे।

आईतबार रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पुगेको पत्रकाहरुको देउसी–भैलो कार्यक्रममा उनले भने,‘नेपालले आफ्नो आवश्यकता कूटनीतिक पहलमार्फत सही समय र उपयुक्त बेलामा आफ्नो कुरा उठाउँछ, नेपालले संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुरा राख्छ।’

उनले अधिकार र कर्तब्यलाई सही सदुपयोग र सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए। उनले भने,‘कानुनी शासनको सबैले पालना गर्नुपर्छ।’ उनले दुवै छिमेकीसँग नेपालको समुधुर सम्बन्ध रहेको समेत बताए।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको बेला बिदा दिने कुरामा अनावश्यक विवाद बनाउने काम कसैले पनि गर्न नहुने उनको भनाई थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.