‘संविधान संशोधन नभएसम्म मुलुकले निकास पाउँदैन’

‘संविधान संशोधन नभएसम्म मुलुकले निकास पाउँदैन’

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले ंविधान संशोधन र कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प नभएको बताएका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै अध्यक्ष राणाले संविधान संशोधन नगरी मुलुकको समस्या समाधान हुन नसक्ने भएकाले त्यसका लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

पछिल्लो समय प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रबीच देखिएको सहमतिले मुुलुक अब सहमतिको दिशामा अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको अध्यक्ष राणाको भनाई थियो।

उनले संविधान संशोधनमार्फत सबैको सर्वस्वीकार्य बनाउँदै यसको कार्यान्वयनका लागि समयमै तीन वटा निकायको चुनाव गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै दलहरु अघि बढ्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.