भुकम्पले भत्किएका लघुजलबिद्युत आयोजना धमाधम मर्मत हुँदै

भुकम्पले भत्किएका लघुजलबिद्युत आयोजना धमाधम मर्मत हुँदै

बेसीशहरः गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पका कारण क्षतबिक्षत बनेका लमजुङका लघुजलद्यिुत आयोजनाको धमाधम मर्मत हुन थालेको छ । भुकम्पका कारण अत्यधिक क्षति बनेको पूर्वी लमजुङको कोल्की, ईलमपोखरी र पाचोकमा निर्माण भएर अत्यधिक क्षति पुगेका लघुजलबिद्युत आयोजनाको पूननिर्माण भईरहेको हो ।

कोल्कीको क्रिखोला लघुजलबिद्युत आयोजना र चिल्ली खोला लघुजलबिद्युत आयोजनाको पुननिर्माण भईरहेको छ । राष्ट्रिय प्रशारण लाईन नपुगेको कोल्कीमा लघुजलबिद्युत आयोजनाबाटै स्थानीयले बिद्युतको उपयोग गर्दै आएका थिए । कोल्की-५, क्रिखोला र कोल्की-४ को चिल्लीखोला लघुजलबिद्युत आयोजनाबाट कोल्कीका १ सय ४८ घरपरिवार लाभान्वित हुँदै आएका थिए । तर, बैशाख १२ को भुकम्पका कारण क्षति पुगेपछि स्थानीय अहिलेसम्म अन्धकारमा बस्न बाध्य भईरहेका छन् ।

क्रि र चिल्ली खोला लघु जलबिद्युत आयोजनामा युएसएडको आर्थिक सहयोगमा साझेदारी बिकास परियोजनाबाट १० लाख र स्थानीयको ५० हजार रकममा भत्किएको लघुजलबिद्युत आयोजनाको पुननिर्माण भईरहेको हो ।

त्यसै गरी ईलमपोखरीका पाँच वटा लघुजलबिद्युत आयोजनामा पनि मर्मतको काम भइरहेको छ । यहाँका पाँच आयोजना मध्ये केहीमा मर्मत सकाएर बिजुली बाल्न थालीएको छ भने केही आयोजनामा मर्मतको भईरहेको छ । ईलमपोखरी-६, मा रहेको छहरे खोला लघुजलबिद्युत आयोजनामा फलामे पोल गाडिएको छ ।

भत्किएको पावरहाउस पुननिर्माण पश्चात गाउँका ८५ घरधुरीले भुकम्प गएको १५ महिना पछि बिजुली बत्ती बाल्न थालेका छन् । गाउँमा बत्ती बल्न थालेपछि स्थानीय उत्साहित छन् । 'काठको पोल कोही भाँच्चिए, कोही कुहीए, स्थानीय ओम गुरुङ भन्छन, ' नयाँ फलामे पोल गाड्न थालीएपछि गाउँमा बत्ती बल्न थालेको छ ।'

ईलमपोखरी-४ सानोकाभ्रेमा रहेको दोस्रो पैंसे खोला लघुजलबिद्युत आयोजनामा पावर हाउस मर्मतको काम भईरहेको आयोजनाका अध्यक्ष गोपीराम गुरुङले जानकारी दिए । सो आयोजनाबाट १ सय १५ घरधुरी लाभान्वित हुँदै आएका छन् ।

यसैगरी ईलमपोखरी-३, ठुलोकाभ्रेमा रहेको पहिलो पैंसे खोला लघुजलबिद्युत आयोजानमा मर्मत भईरहेकाको छ । पानीको मुहानमा धाँजा फाट्नुका साथै पहिरो गएर भत्किएपछि बिद्युत अबरुद्ध भएपनि मर्मतसँगै सूचारु भएको छ । ईलमपोखरी-२, फुलङ्गीरीमा रहेको लाँखरखोला लघुजलबिद्युत आयोजनामा भत्किएको पावरहाउसको मर्मत भईरहेको छ । यो आयोजनाबाट गाउँका ९४ जना घरधुरी लाभान्वित हुँदै आएका छन् ।

ईलमपोखरी-१, माडीमा रहेको कोछनेखोला लघुजलबिद्युत आयोजनामा मर्मत भईरहेको छ । भत्किएको क्यानल (पानी ल्याउने कुलो) मर्मत पछि यहाँपनि बत्ती बल्न थालेको हो । ईलमपोखरीको पाँच लघुजलबिद्युत आयोजनामा युसएडको आर्थिक सहयोगमा साझेदारी बिकास परीयोजना बाट बिनीयोजन भएको १० लाख र ईलमपोखरीका स्थानीयहरुले उठाएको ८५ हजार रकममा भुकम्पले भत्किएको लघुजलबिद्युत आयोजनाको काम भईरहेको हो ।

यसैगरी पाचोकमा रहेको किसेदी खोला लघुजलबिद्युत आयोजनको पनि पुननिर्माण धमाधम शुरु भईरहेको साझेदारी बिकास कार्यक्रमको स्थानीय साझेदार संस्था जनचेतना अभिबृद्धि र बिकास अध्ययन समिति कोपाडेसका कार्यक्रम संयोजक बिजय गुरुङले जानकारी दिए । उनका अनुसार यो आयोजना मर्मतका लागि झण्डै ८ लाखको रकम बिनीयोजन भएको छ । पाचोक-७ मा रहेको यो आयोजनाबाट गाउँका १ सय ६७ घरधुरी लाभान्वित हुादैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.