कृषि टेलिभिजनको परीक्षण प्रशारण सुरु

कृषि टेलिभिजनको परीक्षण प्रशारण सुरु

काठमाडौं: नेपालको कृषि क्षेत्रलाई सम्बोधन गरी आइतबारदेखि कृषि टेलिभिजनले परीक्षण प्रशारण सुरु गरेको छ।

शनिबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिभिजनका अध्यक्ष तेजबिक्रम थापाले सुभारम्भ गरेका हुन् । कृषि क्षेत्रमा लामो समयदेखि ठूलो लगानी गर्दैआएका थापाले कृषि क्षेत्रमा नेपालमै पहिलो पटक कृषिका मात्रै सामाग्रीहरु प्रशारण गर्ने टेलिभिजन सुरु गरेका हुन् ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपन्छी, सिंचाई, कृषि शिक्षा, कृषि स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्तालगायतका बिषयबस्तु उक्त टेलिभिजनमा समावेश गरिएका छन् । आइतबारदेखि परीक्षण प्रशारण हुने उक्त टेलिभिजनको तिहारपछि पूर्ण प्रशारणमा आउनेछ । पहिलो चरणमा केवुल नेटवर्कबाट प्रशारण हुन लागेको उक्त टेलिभिजन तिहारपछि सैटेलाइट प्रविधिबाट मुलुकभर प्रशारणमा आउनेछ ।

‘कृषिमा राज्यको लगानी धेरै भएपनि प्रतिफल शुन्य अवस्थामा छ’, टेलिभिजनका अध्यक्ष थापाले भने,‘नीतिगत सूचनाहरु ग्रामिण भेगका किसानको जानकारीमा आउँदैन। सिंहदरबारमा शहरिया किसानको पहुँच भएपनि बास्तविक किसानको पहुँच छैंन् । ग्रामिण भेगका किसानलाई वास्तविक सूचना उपलब्ध गराई नीतिगत रुपमा उनीहरुलाई माथि उठाउन कृषि टेलिभिजन ल्याएका छौं ।’

टेलिभिजनले अहिले १० घण्टासम्म प्रशारण गर्नेछ । केही समयपछि दैनिक १८ घण्टासम्म कृषिका बिषयबस्तु प्रशारण गरिनेछ । कूल साढे दुई करोड रुपैयाँको लगानीमो उक्त टेलिभिजन सुरु गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.