इटालीमा शक्तिशाली भूकम्प
एजेन्सीः इटालीमा आइतबार शक्तिशाली भूकम्पको महसुस गरिएको छ । स्थानीय समय अनुसार २ः४० मा ६.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो । चिनियाँ भूकम्प मापन केन्द्रले ६.६ म्याग्निच्यूडको भूकम्प गएको बताएको छ।
यता अमेरिकी भूकम्प मापदन संस्था युएस जियोलोजिकल सर्भेका अनुसार इटालीको मध्य भाग प्रयुजिया केन्द्रबिन्दु भएर गएको भूकम्प ७.१ म्याग्निच्यूड मापन गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
यस अघि बुधबार समेत इटालीमा ५.४ र ६.० म्याग्निच्यूडका शक्तिशाली भूकम्प गएका थिए । इटालीमै अगस्टमा गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी तीनसय बढीको मृत्यु भएको थियो।
भूकम्पको क्षति विवरण आएको छैन् । शक्तिशाली भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ ।