नेपाल फूलमा आत्मानिर्भर कहिने बन्ने ?

नेपाल फूलमा आत्मानिर्भर कहिने बन्ने ?

काठमाडौं: प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरेपनि यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो ।

यसवर्ष तिहारमा भारतबाट ६० लाख रुपैयाँ मूल्य बराबरको दुई लाख सयपत्री फूलको माला ल्याइएको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए ।

'बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ'श्रेष्ठले भने, 'थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य अत्यधिक बढाउछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।'

तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनले थोरै मात्रै अपुग हुने हुँदा थप माला आयात गर्न परेको हो । हाल स्वदेशमा ८२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १८ प्रतिशत मात्र विदेशबाट आयात गर्नुपरेको उनको भनाइ छ ।

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्तिको आधारमा उपभोक्ताले ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्य तिर्न नपर्ने एसोसिएसनले जनाएको छ ।

एघार लाख माला खपत हुने

यो वर्षको तिहारमा मात्रै देशभर ११ लाख रुपैयाँ बराबरको माला खपत हुने भएको छ । गत वर्षको तिहारमा आठ रु. लाख बाराबरको मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि हुने भएको हो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका हुन्छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

वार्षिक रुपमा करिव रु डेढ अर्बको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताए ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परेपनि मखमली र गोदाबरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अस्ट्रेलिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यस व्यावसायबाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.