फेरि प्रधानमन्त्री बन्ने ओलीको संकेतः ढुक्क हुनुहोस् फसेको गियर छिट्टै निकाल्छौँ

फेरि प्रधानमन्त्री बन्ने ओलीको संकेतः ढुक्क हुनुहोस् फसेको गियर छिट्टै निकाल्छौँ

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएको बताएका छन्।

एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रमा उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए ।

नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उनले अब तत्काल फसेको गियर छिट्टै निकाल्ने बताउदै पुनः प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा परेको चर्चा चल्दै गर्दा ओलीले यस्तो बताएका हुन् ।

फसेको गियर निकालेपछिट रोकिएका काम सबै अघि बढ्नेसमेत बताएका छन् । शुभकामना कार्यक्रममा ओलीले भने, ‘अहिले गेयर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछौँ, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।’

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ ।

युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, नेता सानुकुमार श्रेष्ठ, मध्यपुर नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठ लगायतले संविधान कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताए ।

त्यस्तै अध्यक्ष ओलीले सबैले देश, जनता, मानवजातिको हित र विश्वशान्तिका लागि काम गर्नुपर्ने बताएका छन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, तीनकुनेद्वारा आज यहाँ आयोजित लक्ष्मीपूजा, ज्येष्ठ नागरिक सम्मान तथा प्रवचन कार्यक्रममा भने, ‘मानिसमा देखिएको स्वार्थ, अहङ्कार र थिचोमिचो गर्ने प्रवृत्तिले मानव समाजलाई अप्ठ्यारो र कुरुप बनाएको छ, मानवले मात्र भगवान्को अस्तित्व जोगाउन सक्छ, त्यही मान्छेले नै धर्तीलाई विकृत तुल्याएको छ, आफूलाई भए पुग्यो अरुलाई जेसुकै होस् भन्ने प्रवृत्ति, अहङ्कार र जिद्दीले मान्छेलाई विकृत तुल्याएको छ ।’

कुलत, कुबाटो, दुव्र्यसन र नराम्रो गतिविधि त्याग्न ब्रम्ह्कुमारी राजयोगजस्ता सामाजिक संस्थाबाट प्रदान गर्ने ज्ञानलाई बोझिलो रुपमा होइन, सजिलो ढङ्गबाट लिन आग्रह गर्दै उनले भने, ‘कसैले कसैलाई पनि दुःख नदिने हेला गर्ने काम नगर्नुहोला, ॐ शान्ति ।’

सो अवसरमा ७५ वर्ष उमेर पार गरेका त्यस क्षेत्रका १३ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । समारोहमा त्यस क्षेत्रमा बसोवास गर्ने पूर्वमन्त्रीद्वय अग्निप्रसाद खरेल र छविराज पन्त तथा एकीकृत उपभोक्ता मञ्च तीनकुनेका अध्यक्ष मदन सिवाकोटी र वाद्यवादक निरञ्जन भण्डारीलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.