लोकमानविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमै टुंगिन्छ: सभामुख घर्ती

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमै टुंगिन्छ: सभामुख घर्ती

काठमाडौंः सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव सहमतिमै टुंगिने विश्वास व्यक्त गरेकी छिन्।

सभामुख घर्तीले भनिन्,‘संविधान संशोधनको विषयमा अहिले दलहरुबीच छलफल भइरहेको छ, यो विषयमा सहमतिमै टुंगोमा पुग्नेमा म विश्वस्त छु।’ उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपनि दलहरुको सहमतिमै टुंगिने विश्वास दिलाइन्।

आइतबार रिपोर्टर्स क्लब नेपालको नेतृत्वको गएको पत्रकारहरुको देउसी–भैलो कार्यक्रममा सभामुख घर्तीमगरले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानूनहरु द्रुत गतिमा निर्माण भैरहेकोले राजनीतिक सहमतिमै तीनवटै निकायको चुनावपनि समयमै हुने बताइन्।

उनले मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न दलहरु मिल्नुको विकल्प नभएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.