भारतीय राजदूत भन्छन्ः राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ रङ ल्याउछ

भारतीय राजदूत भन्छन्ः राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ रङ ल्याउछ

काठमाडौँः नेपालका लागि भारतीय राजदूत रणजित रायले आगामी बुधबारबाट हुने भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ ल्याउने बताएका छन् ।

आइतबार रिपोटर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसीभैलो खेल्न पुगेको सञ्चारकर्मीको टोलीसँगको कुराकानीमा राजदूत रायले भने, ‘उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ भरिन्छ, यसका साथै दोस्ती प्रगाढ बन्छ ।

’भारतीय राष्ट्र«पति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उत्तिकै महत्व दिएको समेत बताए ।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवैतर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमण भइरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्र«पतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत बनाउने विश्वास लिएको बताए । उनले भने, ‘पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्रीस्तर र विदेशमन्त्रीस्तरबाट द्विपक्षीय भ्रमण भइरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो ।’ रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.