मुलुकको समृद्धिका लागि संविधान संशोधनः प्रधानमन्त्री प्रचण्ड

मुलुकको समृद्धिका लागि संविधान संशोधनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटेको बताएका छन् । नेपाल संवत ११३७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यताले संविधान कार्यान्वयनका साथै मुलुकको समृद्धिमा ठूलो योगदान पुर्‌याउने बताएका छन् ।

प्रधानमन्त्रीले नेपाल संवत्‌का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै यो हाम्रो मौलिख संवत्‌का रुपमा रहेको बताएका छन् ।

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ-'नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो ।'

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पुर्‌याउनुभएको योगदान सबैका लागि प्रेरणादायी भएको प्रधामन्त्रीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्-'आजको २१औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ ।'

गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.