पशुपतिनाथमा भारतीय राष्ट्रपतिले विशेष पूजा गर्ने

पशुपतिनाथमा भारतीय राष्ट्रपतिले विशेष पूजा गर्ने

काठमाडौं: पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ ।

कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

'राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ, २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्नुहुनेछ'-टण्डनले भने ।

पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ वटुकले मुखर्जीको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ । गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन् ।

राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमेबाजा, पञ्चेबाजा लगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने छ । स्थानीयवासीले परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् ।

पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइ लगायत काम भइरहेको छ । विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

भ्रमणलाई ध्यानमा राखी पशुपति क्षेत्रमा भइरहेको ढल बिच्छ्याउने एवम् भूकम्पपछिको पुनःनिर्माणलाई पनि थाती राखिएको छ । राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषका तर्फबाट मुखर्जीलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ ।

भारतीय राष्ट्रध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन् । यसअघि पूर्वराष्ट्रपति के आर नारायणनले पशुपतिमा पूजा गरेका थिए ।

पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.