दुर्घटनामा एकको मृत्यु, दुई घाइते, दत्तात्रय सङ्ग्रहालयमा आगलागी

दुर्घटनामा एकको मृत्यु, दुई घाइते, दत्तात्रय सङ्ग्रहालयमा आगलागी

भक्तपुरः गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि दिपावली मनाउने क्रममा राती दत्तात्रय मन्दिरसंगै रहेको दत्तात्रय संग्रहालयमा आगलागी भएको छ ।

दिपावलीको दियो तातेर झ्यालको चौकोसबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।

आगलागीबाट संग्रहालयको झ्यालको बहुमूल्य कलात्मक तीनवटा झ्यालहरु जलेर नष्ट भएका छन् । बिहान तीन बजे भएको आगलागीको प्रहरी र भक्तपुर दमकलको सहायताले नियन्त्रणमा आएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.