पूर्व राष्ट्रपति यादवले भने,'अब म स्वस्थ भएँ'

पूर्व राष्ट्रपति यादवले भने,'अब म स्वस्थ भएँ'

वासिङ्टन डिसीः पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।’ उनले भने ।

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना भएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उहाँको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

यादब आज नेपाल फर्कने तयारीमा छन् । यादवले शल्यक्रियापश्चात् अस्पतालको अतिथि गृहमा केही समय आराम गरे ।

‘उपचारको नियमित चेकजाँचको लागि ५/६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु’ डा यादवले भने ।

पूर्व राष्ट्रपति डा यादवले भने– ‘म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवतको अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.