मुखर्जीको भ्रमणमा विशेष सुरक्षा प्रबन्ध मिलाउन सेनालाई निर्देशन

मुखर्जीको भ्रमणमा विशेष सुरक्षा प्रबन्ध मिलाउन सेनालाई निर्देशन

काठमाडौं: आगामी बुधबार नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा उच्च सतर्कतासहित विशेष सुरक्षा प्रबन्ध मिलाउन सरकारले नेपाली सेनालाई निर्देशन दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेका मुखर्जीको सुरक्षा सेनाको कमान्डमा हुनेछ।

भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन्।भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दैछन्। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित सोमबार जानकारी लिएका हुन्।

प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतको समेत उपस्थिति रहेको थियो।मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए। राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन्।

सोही दिन राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। भ्रमणको दोस्रो दिन भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतका राष्ट्रपति आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन्। उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा भाषण दिनेछन्।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन्। यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक स्वागत कार्यक्रम आयोजना हुनेछ। सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जानेछन्।

भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.