सरकार र गठबन्धनबीचको पहिलो वार्ता सकारात्मक, छिटै निश्कर्षमा

सरकार र गठबन्धनबीचको पहिलो वार्ता सकारात्मक, छिटै निश्कर्षमा

काठमाडौँ : संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको वार्तापछि सत्तारुढ दल र गठबन्धनका नेताले वार्ता सकारात्मक ढङ्गले अघि बढेको प्रतिक्रिया दिँदै छिटै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन शनिबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै आज औपचारिक वार्ता भएको हो ।

वार्तामा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारसँगको पहिलो औपचारिक वार्ता सकारात्मक बनेको बताए। उनले भने “दुई महिनाका बीचमा पहिलो औपचारिक वार्ता भयो, हामीले आफ्ना माग खुलस्त राख्यौँ, त्यसमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्दै सकेसम्म सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराउने भन्नुभएको छ ।”

सङ्घीय आयोगको कार्यक्षेत्रलाई विस्तार गरेर भए पनि सङ्घीय संरचना र प्रदेश सीमाङ्कन हेरफेर गर्नेबारे छलफल भएको बताइएको छ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले गठबन्धनसँगको वार्ता फलदायी भएको बताइन्। भुसालका अनुसार कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने समझदारी भएको छ।

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप सङ्घीय संरचना हुनुपर्ने, समानुपातिक समावेशिताको सुनिश्चित आदि माग दोहोर्‍याएका थिए ।

वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल तथा गठबन्धनका तर्फबाट नेताहरु महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठलगायत थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.