मलेसियाली प्रधानमन्त्री रजाक चीन भ्रमणमा

मलेसियाली प्रधानमन्त्री रजाक चीन भ्रमणमा

बेइजिङ: मलेसियाली प्रधानमन्त्री नजिब रजाक सोमबार चीन पुगेका छन्। उनले नोभेम्बर ६ सम्म चीनमा रहने चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

चिनियाँ प्रधानमन्त्री लि केकिआगङको आमन्त्रणमा मलेसियाली प्रधानमन्त्री रजाक चीनको मैत्रीपूर्ण भ्रमणमा पुगेका हुन्। मलेसियाली प्रधानमन्त्रीका हैसियतमा रजाकको यो तेस्रो पटकको चीन भ्रमण हो।

यसअघि उनी सन् २००९ र सन् २०१४ मा चीनको भ्रमणमा आएका थिए। उनले यसअघिका भ्रमण पनि औपचारिक रुपमा नै गरेका थिए। मलेसियाली प्रधानमन्त्री रजाक सन् २००९ देखि निरन्तर रुपमा मलेसियाको प्रधानमन्त्री छन्।

उनी यसअघि सन् २०१४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले आफ्नो कार्यकालमा चीनसँगको सम्बन्ध सुमधुर बनाउँदै आएका छन्। यस भ्रमणका क्रममा चीन र मलेसियाका बीचमा विभिन्न साझेदारी र सम्झौता हुने बताइएको छ।

तर पनि कुन क्षेत्रमा के कस्ता सम्झौता र आयोजनाहरुमा सहमति हुन्छ भन्ने बारेमा भने अहिले नै केही पनि बताइएको छैन। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.