मुखर्जी अाउँदा १५/१५ मिनेटमा ट्राफिक ‘अपडेट’

मुखर्जी अाउँदा १५/१५ मिनेटमा ट्राफिक ‘अपडेट’

काठमाडौँ: भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताए। उनले भने,'‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ। सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ। ’

सवारी नभएको अन्य रुटमा भ्रमणको क्रममा सवारी आवागमन नरोकिने उनले स्पष्ट पारे। सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्न समेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ।

सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ। भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५/१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गरे।

त्यस्तै, १०३ मा डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.