भारतमा जेल तोडेर भागेका आठ आत‌ंकवादी मारिए

भारतमा जेल तोडेर भागेका आठ आत‌ंकवादी मारिए

नयाँ दिल्ली : भारतमा जेल तोडेर भागेका आठ आत‌ंकवादी प्रहरीसँगको मुठभेडमा मारिएका छन्।  भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेका थिए।

प्रहरी र विद्रोहीबीच दोहोरो फायरिङ चलेको थियो।  मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् ।

उक्त प्रतिबन्धित इस्लामिक संगठनका ती विद्रोहीलाई मध्यप्रदेशको राजधानी भोपालमा अवस्थित एक जेलमा राखिएको थियो ।

ती विद्रोहीले सोमबार बिहानै उक्त जेलमा रहेका एकजना एकजना सुरक्षा गार्डको पनि हत्या गरेर भागेका एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले सोमबार बिहानी पख करिब २ बजे जेलका सुरक्षा गार्डलाई चक्कु प्रहार गरी हत्या गरेका एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।

उनका अनुसार उक्त जेलको पर्खाल चढ्नका लागि उनीहरुले ब्लाङ्केटको प्रयोग गरेका र पर्खाल माथिबाट भागेका छन् ।

राज्य सरकारले यसरी जेल तोडेर प्रतिबन्धित इस्लामिक समूहका विद्रोही भाग्नुलाई गम्भीर सुरक्षा कमजोरी भन्दै त्यसको अनुसन्धान गर्न आदेश दिएको छ ।

अनुसन्धानका लागि राज्य सरकारले नै छानबीन टोली गठन गरेको जनाइएको छ । उक्त टोलीले सो जेलमा भएको सुरक्षा कमजोरीको अवस्था पत्ता लगाउने जनाइएको छ ।

भोपाल राज्यका गृह राज्यमन्त्री भुपेन्द्र सिंहले उक्त घटनाको कडा छानबीन गरी सत्य तथ्य पत्ता लगाउने निर्देशन दिएका छन्।

भारतमा यसरी जेल तोडेर कैदी भाग्ने गरेको यो पहिलो घटना भने होइन । सन् २०१३ मा पनि भोपालबाट २८० किलोमीटर टाढा रहेको खँदवा जेलबाट पनि सातजना यस्तै प्रतिबन्धित संगठनका विद्रोहीले जेल तोडेर भागेका थिए ।

यस इस्लामिक समूह सन् २००१ मा जन्मिएको हो । यसले भारतका कैयौं स्थानमा हत्या हिंसाको शृंखला मच्चाएकोले सरकारले उक्त संगठनलाई प्रतिबन्ध लगाएको थियो ।

भारतको मुम्बईमा सन् २००३ मा भएको भीषण बम काण्डमा पनि यस संगठनको हात रहेको सरकारले जनाएको छ ।

सो आक्रमणमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो । अरु कैयौं व्यक्ति घाइते भएका थिए । भोपालको जेलमा पनि बम आक्रमण र हिंसामा सम्लग्नहरुलाई राखिएको थियो ।

सो बम काण्डपछि नै उक्त संगठनलाई भारतीय सरकारले प्रतिबन्ध लगाएको हो । तर यसले यहाँ भूमिगत रुपमा नै हत्या हिंसा मच्चाउने काम गर्दै आएको छ । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.