देउवाले भने,'समय सीमाभित्रै तीनवटै संरचनाको निर्वाचन हुन्छ, शंका नगर्नुस्'

देउवाले भने,'समय सीमाभित्रै तीनवटै संरचनाको निर्वाचन हुन्छ, शंका नगर्नुस्'

भक्तपुर: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन्।

नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरेका हुन्।

प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उनले सभापति देउवाले भने,'संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ।'

उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन काँग्रेस लाग्नुपर्ने बताए ।

देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उनले निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै उनले विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.