‘कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छ’

‘कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छ’

काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधन गर्नेवारेमा सहमति भएको बताएका छन्।

पौडेलले संविधान संशोधन गर्नेबारे सत्तारुढ दल र मधेशी मोर्चावीच सहमति भएको बताएका हुन्। पौडेलले भने,‘अब कार्तिकभित्रै संविधान संशोधन हुन्छ, यसको लागि दलहरुवीच सहमति भएको छ, हिजोको बालुवाटारको बैठकमा दलहरु यसबारेमा सहमतिमा पुगेका छाैं।’

बरिष्ठ नेता पौडेलले मधेसी मोर्चाले भनेबमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच कम्प्रोमाईज गर्ने सहमति बनेको खुलासा गरे।

सोमबार रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको पत्रकारको टोलीसँगको कुराकानीमा बरिष्ठ नेता उनले प्रमुख दलहरुको सामू तीनवटै निकायको चुनाव समयमै सम्पन्न गर्नु प्रमुख चूनौति रहेको उल्लेख गरे। उनले भने,‘समयमै तीनवटै निकायको चुनाव गर्न सकिएन भने, संविधानको कार्यान्वयन हुँदैन, यो तीन दलकै निम्ति ठूलो चूनौति हो, यसमा सबै पक्ष उतिकै लचिलो हुनुपर्छ।’ नेपालको राजनीतिमा सहमतिको विकल्प नभएको उनको तर्क थियो।

संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आउने उनको विश्वास थियो। पौडेलले भने,‘असन्तुष्टहरुको माग पूरा गर्नको लागि संविधान संशोधन गर्नुपर्छ, यसको लागि सबै दलहरु मिल्नुपर्छ, सबैखाले चलखेलहरुलाई निस्तेज पार्नुपर्छ।’

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा गइसकेकोले त्यसबारमो समितिले नै छानविन गर्ने भएकोले समितिको निर्णय आएपछि मात्रै काँग्रेसले उचित निर्णय लिने बताए। उनले भने,‘यो विषयलाई अतिरञ्जित बनाउनु हुँदैन्।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.