भारतीय राष्ट्रपतिको भ्रमणमा व्यस्त हुने काठमाडाैंका सडक यी हुन्

भारतीय राष्ट्रपतिको भ्रमणमा व्यस्त हुने काठमाडाैंका सडक यी हुन्

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताए ।

कात्तिक १७ गते

बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग भएर चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो । सोही दिन अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

सोही दिन अपराह्न १ः४५ देखि ३ः४५ बजेका अवधिमा गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।

सोही दिन साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन

कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । सोही दिन बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने जनाइएको छ ।

त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । कात्तिक १८ गते नै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।

सोही दिन साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सोही दिन बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।

भ्रमणको तेस्रो दिन कात्तिक १९ गते

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन । सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.