पूर्व प्रधानमन्त्री भट्टराईले बहिनी पार्वतीको हातबाट भाइटीका लगाए
काठमाडौं: पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन्।
भाइटीकाको शुभ साइत ११ बजेर ५२ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नी बहिनी पार्वतीका हातबाट भाइटिका लगाएका हुन्।
भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गर्दै भट्टराईले टीका ग्रहणसँगै उपहार आदान प्रदान गरेको उल्लेख गरेका छन्।