दाजुभाई, दिदीवहिनीबीच सौहार्दताको प्रतिक ‘भाईटीका’

 दाजुभाई, दिदीवहिनीबीच सौहार्दताको प्रतिक ‘भाईटीका’

चितवनः नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाईटिका । विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन ।

तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै चितवनमा पनि मनाईएको छ ।

धादिंङ गजुरीबाट चितवनमा भाईटिकाका लागि आउनुभएकी पार्वती अर्याल मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका भएको बताउनुहुन्छ । परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पुजा गरी सप्तरंगी टिका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।

यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टिका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ ।

पंडित हरिप्रसाद शर्मा दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने बताए ।

चितवनमा कतिपयले भाइटीकाको उत्तम समय ११ बजेर ५२ मिनेटमै लगाएका छन् भने कतिपय दिदीवहिनीहरुले केही अघि र केहीपछि पनि टिका लगाएका छन् । गोमा न्यौपानेले दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताए ।

‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ न्यौपानेले भने । दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठुलो छ ।’ उनले भने ।

आज टिकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाईदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ ।

चितवन शक्तिखोरमा पाँच दाजुभाईलाई टिका लगाउन आउनुभएकी अम्बिका घिमिरे अरु बेला माईत आउन नपाएपनि तिहारमा नियमित आउने गरेको बताउनुहुन्छ । यो पटक पनि उहाँले भाईलाई सप्तरंगी टीकाले रंग्याउने बताए ।
मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिएको घिमिरेले बताए । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट भएको उनी बताउँछन् ।

स्थानीय लोकनाथ ढुंगाना विहे गरेर टाढा गएका दिदीबहिनीहरु समेत आउने र दाजुभाई समेत कामको सिलसिलामा बाहिर भएपनि यो बेला आउने हुँदा तिहार आफैंमा सौहार्दताको चाडको रुपमा आफुले लिने गरेको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.