पटाका पडकाउँदा आगलागी

पटाका पडकाउँदा आगलागी

राजविराजः तिहारका बेला पटाका पडकाउँदा सप्तरीको विषहरियामा मंगलबार आगलागी भएको छ ।

केटाकेटीले पडकाएको पटाकाले आगलागी हुँदा विषहरिया गाविस ७ का हरीनारायण यादवको घरमा आगलागी भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । आगोले यादवको घरमा रहेको कपडा, किताब, कापीहरु जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले बताए ।

यसैगरी गाइगोठमा बालेको घुरबाट पोर्ताहा ४ मा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ । असर्फी लोटिया यादवको गाइगोठबाट सल्केको घुरबाट उनको गाइगोठ र पूजा घर तथा छिमेकी लक्ष्मण यादवको गाइगोठ र टिनको छानो भएको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।


यसैबीच प्रहरीले सप्तरीको बोदे बसाईन ३ मा भण्डारण गरी राखेको ५० हजार मूल्य बराबरको प्रज्वलनशिल पदार्थ पटाका प्रहरीले बरामद गरेको छ ।

खगेन्द्र साहको घर पसलमा भण्डारण गरेको अवस्थामा पटाकाहरु फेला परेपछि बरामद गरिएको सप्तरी प्रहरीले जनाएको छ । बरामद पटाकाहरु मंगलबार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानी भरिएको खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.