यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण तालिका

यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण तालिका

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्। मुखर्जी आज बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यतालिका छ ।

मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले स्वागत गर्नेछिन्। भारतीय राष्ट्रपति मुखर्जीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। भेटवार्तापछि भारतीय राष्ट्रपति मुखर्जी उनको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम छ।

दिवा भोजपछि मुखर्जीले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री प्रचण्डले मुखर्जी र उनको भ्रमण टोलीको सम्मानमा गरेको रात्री भोजमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको रात्री भोजमा सहभागी भएपश्चात भारतीय राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आयोजना गर्ने भोजमा सहभागी हुनेछन्।

नेपाल भ्रमणको दोस्रो दिन कात्तिक १८ गते भोली भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गर्नेछन् भने सोही दिन काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारिधिमा भाग लिनेछन्।

कात्तिक १८ गते नै मुखर्जीले नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारलाई सम्बोधन गर्नुका साथै नेपालका विभिन्न दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ।

मुखर्जी आफ्नो नेपाल भ्रमणको तेस्रो दिन कात्तिक १९ गते बिहान जनकपुर जानेछन्। जनकपुरको जानकी मन्दिरमा पूजा गरेपछि मुखर्जी आफ्नो सम्मानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छन्।

नागरिक अभिनन्दनपछि मुखर्जी त्यहाँबाट सिधै पोखरा प्रस्थान गर्नेछन्। भारतबाट १८ वर्षपछि भारतीय राष्ट्रपति छिमेकी मुलुक नेपालको भ्रमणमा आउन लागेका हुन्। भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्किएपछि सोही दिन अर्थात कात्तिक १९ गते बेलुकी भारतको नयाँ दिल्ली फर्कने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.