शिक्षण भ्रष्टचार गर्दै विद्यालय

शिक्षण भ्रष्टचार गर्दै विद्यालय

संखुवासभाः पाठ्यभारसँगै सातामा एक दिन अतिरिक्त कृयाकलाप गर्नु पर्ने शिक्षा ऐनले तोके पनि विद्यालयहरुले नगरी शैक्षिक भ्रष्टचार गर्ने गरेको पाइएको छ । आठ सय पुर्णाङकको शिक्षण गर्न एक सय पुर्णङकका लागि पाँचका दरले सातामा ४० पुर्णङक पाठ्यभार पुरा गरी शुक्रबार अत्तिरिक्त कृयाकलाप गर्नु पर्ने प्रावधान भए पनि अधिकांश विद्यालयले गर्दैनन ।

अन्य दिन ४५ मीनटको एक शिक्षण कक्षा रहेन र शुक्रबार ४० मीनटको ५ वटा कक्षा शिक्षण गरी विद्यार्थीलाई अतिरिक्त कृयाकलाप गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो नगरी विद्यालय विदा गर्ने गरेको छ ।

यहाँका तीन सय ७६ विद्यालय मध्ये ८० प्रतिशत विद्यालयले ऐन विपरीत विद्यालय बन्द गर्ने गरेको शिक्षा कार्यालयको तथ्याङक छ । शारदा माध्यमिक विद्यालय खराङ चैनपुर, सरस्वती माध्यमिक विद्यालय चैनपुर, श्री सिंहेश्वरी माध्यमिक विद्यालय जलजला, जलजला माध्यमिक विद्यालय विहिबारे, शारदा माध्यमिक विद्यालय चैनपूर पोखरी, त्रिवेणी माध्यमिक विद्यालय श्रोत केन्द्र,वाना माध्यमिक विद्यालय श्रोत केन्द्र, सरस्वती माध्यमिक विद्यालय श्रोत केन्द्र अन्र्तगतका विद्यालयहरु मुख्य गरी शनिबार बाहेक वार विदा गर्ने गरेको र शुक्रबार अतिरिक्त कृयाकलाप नगरी विदा गर्ने गरेको विद्यालय निरिक्षक बासु कोइरालाले बताए ।

शिक्षा ऐनले निर्देशित गरेको काम भन्द बाहेक काम गर्ने अधिकार कसैलाई पनि भएको उनको भनाई छ । यता बिद्यार्थीको क्षमता लोप भएको र शिक्षाको राष्ट्रिय उदेश्यको एक नम्बरको बुदाँले उल्लेख गरेको वालवालिकाको अन्तरनिहित क्षमताको प्रफुष्टन हुन नसकेको शिक्षक ताराबहादुर बुढाथोकीले बताए । आफु खुसी भन्दा पनि उनी राज्यलेको उदेश्य पुरा गर्न विद्यालयले भूमिका निर्वाह गर्नु पर्ने र नगर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरे ।

सार्वजनिक विदा शनिबार तोके पनि जिल्लाका बिभिन्न विद्यालयले अन्य दिन विदा दिने गरेको पाइएको छ । विद्यालयले शोक मनाउने भन्दै विद्यालय बन्द गर्ने, स्थानीय बजार भर्नकै लागि पनि अन्य दिन विदा गर्ने गरेको पाइएकाले एक रुपता कायम गर्न शिक्षा कार्यालयले कडा कदम चालेको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए ।

उनी शनिबार बाहेर अन्य वार विदा गरे कारवाही स्वरुप विदा जनाउन शुरु गरेको बताए । शिक्षा कार्यालयले दुई महिना अघि नेपालमै पहिलो पटक विद्यालयलाई ऐन नियमनुसार सुधार हुनका लागि २८ बुँदे निर्देशित परिपत्र समेत पठाइ सकेको जिशिअ टंकप्रसाद गौतमले बताए ।

ऐनमा बार्षिक रुपमा एक बिषयका लागि एक सय ७० घण्टी पठाउनु पर्ने र आठ सय पुर्णाङकको लागि एक हजार तीन सय ६० घण्टी पढाउनु पर्ने छ । तर अधिकांश विद्यालयमा तोकीएको पाठ्यभार पुरा गर्न नसकेको समेत पाएको जिशिकाको तथ्याङक छ । माध्यमिक शिक्षा पाठ्यक्रमले परम्परागत,धार्मिक, साधारण तथा संस्कृत शिक्षाका लागि आर्थिक बर्ष २०७३ देखि लागु हुने गरी स्वीकृती गरी साप्ताहिक पाठ्यभार ३९ देखि बडाएर ४० पुर्‍याएको छ ।

भने प्राबिधिक तथा व्यवसायिक धारका शिक्षाका लागि ५० पाठ्यभार तोकेको छ । एक शैक्षिक सत्रमा दुई सय २० दिन अनिवार्य विद्यालय खुल्नु पर्ने हुन्छ । शारीरिक,मानसिक,बौद्धिक र संबेगात्मक विकासका लागि अतिरिक्त कृयाकलाप गर्नु पर्ने आवस्यकता महसुस गरी शिक्षाको राष्ट्रिय उदेश्यमै उल्लेख गरेकाले उदेश्य पुरा गर्न विद्यालयले छलकपड गर्नु शैक्षिक भ्रष्टचार भएको पुर्वशिक्षक शिव चापागाईले बताए । शैक्षिक ठगी गर्नु लाई सम्बन्धीत पक्षले तत्काल कारवाही गर्नु उनले माग गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.