राष्ट्रपति मुखर्जी काठमाडौं आउँदै, राष्ट्रपति भण्डारीबाट विमानस्थलमा स्वागत

राष्ट्रपति मुखर्जी काठमाडौं आउँदै, राष्ट्रपति भण्डारीबाट विमानस्थलमा स्वागत

काठमाडौः भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणको क्रममा आज काठमाडौं आउँदैछन्। पौने १२ बजे विशेष विमानबाट काठमाडौं आउने तालिका छ।मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा स्वागत गर्नेछिन्।भण्डारी विमानस्थल पुगिसकेकी छिन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति मुखर्जी विमानस्थलबाट राष्ट्रपति भन्डारीसँगै सिधै शितलनिवास पुग्ने कार्यक्रम छ। शितलनिवासमा दुई राष्ट्रप्रमुखहरुबीच आजै भेटवार्ता हुनेछ।

झन्डै डेढ दसकपछि भारतका राष्ट्र प्रमुखबाट उच्चस्तरको भ्रमण हुन लागेको हो।यसअघिभारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए। यो भ्रमणबाट दुईदेश बीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ। मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

मुखर्जीको भ्रमणका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।बिहानैदेखि विमानस्थल र राजधानीका मूल सडकमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाको कमान्डमा प्रहरी र शसस्त्रसहितको विशेष टोली परिचालन गरिएको छ।

मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि नै मूल सडक तथा चोकहरुलाई सफा र चिटिक्क बनाइएको छ।भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।

मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीबाट बुधबार साँझ रात्रिभोजको आयोजना गरिएको छ। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आउन लागेका मुखर्जीले राष्ट्रपतिस प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने र सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम छ।भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्ने कार्यक्रम छ।

भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ ।सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम पनि छ। राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.