भारतीय राष्ट्रपतिको सवारीमा पैदलयात्री पनि हिड्न नपाउने

भारतीय राष्ट्रपतिको सवारीमा पैदलयात्री पनि हिड्न नपाउने

काठमाडौं: तीन दिने नेपाल भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज काठमाडौं आउँदैछन् । मुखर्जी पौने १२ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम छ ।

भारतीय राष्ट्रपतिको सवारीका क्रममा मुख्य सडकको ट्राफिक व्यवस्थापन प्रभावित हुने प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सडकको ट्राफिक अवस्था जानकारी गराउँदै सर्वसाधारणलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

राष्ट्रपतिको सवारीका बेला सर्वसाधारण पैदलयात्रीलाई पनि सडकमा हिनडुल गर्न रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका अपरेशन इन्चार्ज प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिए ।

राजधानीका भित्री सडक सामान्य रहेपनि मुल सडकसँग जोडिने सडकमा सवारीका कारण जाम हुनसक्ने भन्दै आजको ट्राफिक व्यवस्थापन कार्यतालिका हेरेरमात्र यात्रा गर्न उनले सर्वसाधारण यात्रुलाई आग्रह गरेका छन् ।

सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिअघि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङका साथै जामसहितको गाडी तथा एम्बुलेन्सलगायतको व्यवस्थापन गरिनेछ । जामरले सवारीको एक सय मिटर वरपरको टेलिफोनसहितको डिजिटलसम्पर्क विच्छेद गर्दछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.