मुखर्जीको भ्रमणमा सेनाको कमान्डमा विशेष सुरक्षा

मुखर्जीको भ्रमणमा सेनाको कमान्डमा विशेष सुरक्षा

काठमाडौं: भारतीय राष्ट्रपति प्रवण मुखर्जीको भ्रमणको लागि नेपाली सेनाको कमान्डमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।

विमानस्थल, मुखर्जी यात्रा गर्ने मूल सडक, चोक तथा उनी सहभागी हुने कार्यक्रम स्थलमा सेनासहित सुरक्षाटोली खटाइएको छ। सेनाको हेलिकोप्टरबाट बुधबार बिहानैदेखि नियमित हवाइ गस्ती भइरहेको छ। गृहमन्त्रालयका अनुसार राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी विशेष कार्ययोजना तयार पारिएको छ।

राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा उच्च सर्तकतासहित सुरक्षा जाँचलाई कडा बनाइएको छ। नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ।

भ्रमणको क्रममा चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरिने जानकारी गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दिएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइने छ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिनेछ।

राष्ट्रपतिका लागि काठमाडौँसहित उहाँ जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ।सो जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ। राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने तयारी गरिएको छ।

विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ। भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल–भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सुरक्षा निकायका प्रमुख पोखरा र जनकपुर पुगेर सुरक्षा व्यवस्थाको जानकारी लिनुका साथै निर्देशन समेत दिइसकेका छन्।

भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ। भारतीय राष्ट्रपतिको सुरक्षा गार्डसमेत केही सङ्ख्यामा नेपाल आउने बताइएको छ । पोखरा र जनकपुरका लागि आवश्यक सवारीसधान काठमाडौँबाट पठाइन लागेको जानकारी दिए।

सेनाको हवाइगस्ति सुरु

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणलार्इ लक्षित गरेर नेपाली सेनाले हवाइगस्ति सुरु गरेको छ । नेपाली सेनाले आफ्नो हेलिकोप्टरबाट काठमाडौं परिसरको गस्ति सुरु गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.