मुखर्जीलाई स्वागत गर्न जनकपुरलाई विशेष रुपले सिगारिँदै

मुखर्जीलाई स्वागत गर्न जनकपुरलाई विशेष रुपले सिगारिँदै

धनुषाः भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

आगामी कात्तिक १९ गते हुने भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणलाई भव्य र सफल बनाउन जनकपुर उपमहानगरपालिका, स्थानीय प्रहरी प्रशासन तथा विभिन्न सङ्घसंस्था एकजुट भई लागेका छन् । राष्ट्रपति मुखर्जीको विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा दर्शन तथा स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरी कुल ५५ मिनेटको कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जानकारी दिए ।

बिहान ११ बजे जनकपुर आइपुग्ने राष्ट्रपति मुखर्जीले पहिले जानकी मन्दिरमा २५ मिनेट पूजा दर्शनमा खर्चिने र त्यसपछि तिरुहुतिया गाछीमा ३० मिनेट नागरिक अभिनन्दन कार्यक्रममा खर्चिने तय गरिएको प्रजिअ चापागाईंले बताए । अभिनन्दन गरिने तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन तथा स्थललाई सजाउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी चापागार्इंले सुरक्षा निकाय तथा नगरपालिका कर्मचारी अहोरात्र खटी तोकिएकै समयमा मञ्चको व्यवस्थापन गर्न सफल भएको बताए । अब केही सानातिना काम मात्र बाँकी रहेको र त्यो पनि चाँडै नै सकिने चापागाईले बताए ।

चार हजार सुरक्षाकर्मी परिचालन

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन गरिने जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार सुरक्षाकर्मी परिचालन हुने बताएका छन् । उनले भने-'स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन हुन्छ र यस बाहेक काठमाडौंबाट थप सुरक्षाकर्मी युनिफर्म र सिभिल ड्रेसमा परिचालन हुनेछन् ।'

यता भारतीय राष्ट्रपति भ्रमणलाई लिएर नेपाल भारतको सीमावर्ती क्षेत्रमा चेकजाँच तीव्र गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षाका लागि भारतीय प्रहरीसँग समेत कुराकानी भएको प्रहरी प्रमुख आचार्यले बताए ।

त्यसैगरी, तिरहुतिया गाछीमा हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको अभिनन्दन कार्यक्रममा एक हजार पाँच सय व्यक्तिलाई प्रवेश दिने जनकपुर उपमहानगरपालिकाले जनाएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्नका लागि दुईवटा प्रवेशद्वार निर्माण गरिएको छ ।

गेट नम्बर १ बाट भिआइपी र गेट नम्बर २ बाट सर्वसाधारणलाई प्रवेश गर्न दिने कार्यक्रम तय गरिएको जनकपुर उप महानगर पालिकाले जनाएको छ । जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार १ नम्बर गेटबाट सुरक्षाकर्मीको जिम्मा लगाइनेछ र अर्को गेटबाट सुरक्षाजाँचपछि सर्वसधारणलाई प्रवेश गराइनेछ ।

अभिनन्दन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, पत्रकार, व्यापारी, वुद्धिजीवी तथा नागरिक समाजका अगुवालाई प्रवेश पास दिने कार्यक्रम तय भएको इन्जिनियर यादवले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.