अफगानिस्तानमा ३२ तालिवान मारिए
काबुलः अफगानिस्तानमा पछिल्लो २४ घन्टामा सरकारी सेना र प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको समाचार छ ।
अफगानिस्तानका विभिन्न क्षेत्रमा सेना र प्रहरीले संयुक्त रुपमा गरेको कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् ।
अफगानिस्तानका कुन्दुज, लाघमान, फराह, बाघ्लानलगायतका स्थानमा उक्त कारबाही गरिएको थियो । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार विहानबाट मङ्गलबार विहानसम्म भएको यस कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् ।
अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो समयमा संयुक्त सेनाले सफाई अभियान सञ्चालन गरेको छ । सो अभियानमा परी केही महिनायतादेखि सयौं जना तालिवान मारिएका छन् ।