त्रिभुवन विमास्थल खुल्यो
काठमाडौंः ४५ मिनेटका लागि बन्द गरिएको त्रिभुवन विमानस्थल खुलेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका लागि आइपुगेको केही सयमपछि बन्द गरिएको त्रिभुवन विमानस्थल खुलेको हो ।
मुखर्जीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी थिइन् । मुखर्जीको स्वागतका लागि काठमाडौंको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेटका लागि बन्द गरिएको थियो । त्यस्तै काठमाडौंका मुख्य मुख्य सडकहरु खाली गराइएको छ । मुख्य सडक खाली गराएर वैकल्पिक बाटोको खोजीमा भित्रि सडक प्रवेश गरेका सवारी साधन जाममा परेका छन् ।
विमानस्थलमा ओर्लिएका मुखर्जी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि सोझै शितलनिवास पुगेका छन् ।