ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण

ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण


गोरखाः गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् ।

पाँच/पाँच हजारका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए ।

१८ महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पु¥याएको थियो ।

ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन सुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ । उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो ।

विद्युत् सुचारु भएपछि गाउँले खुसी छन् । कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए ।

चार लाख लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पुर्‍याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.