भारतीय राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा भन्डारीबाट स्वागत

भारतीय राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा भन्डारीबाट स्वागत

काठमाडौँः भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय विमानस्थल गरेकी छिन् ।

विशेष विमानमार्फत काठमाडौं आइपुगेका मुखर्जीलार्य राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेकी हुन् ।

भारतीय राष्ट्रपतिप्र मुखर्जी केही बेरअघि भारतीय वायुसेनाको विशेष विमानमार्फत नेपाल आइपुगेका हुन् ।

उनको स्वागतका लागि राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, मन्त्री, प्रधानसेनापति रबीन्द्र क्षेत्री, कुटनीतिक नियोगका अधिकारीलगायत अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले स्वागत गरेपछि उनको सम्मानमा नेपाली सेनाको टुकडीले विशेष सम्मान अर्पण गरेको छ । १८ वर्षपछि गणतन्त्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।

भारतीय राष्ट्रपतिले केहीबेरमा राष्ट्रपतिसँग शीतलनिवासमा भेटवार्ता गर्दै छन् । भारतीय राष्ट्रपति नेपाल आइपुग्नु अघि ४५ मिनेटसम्म विमानस्थल बन्द गराइएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ बजेदेखि १ बजेसम्म सम्पूर्ण उडान रद्ध गरिएको थियो ।

भर्खरै विमानस्थलबाट राष्ट्रपति मुखर्जी शितलनिवासतर्फ लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.