भारतीय राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई हिँड्न रोक छैनः प्रहरी

भारतीय राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई हिँड्न रोक छैनः प्रहरी

काठमाडौँः भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीको क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रष्ट पारे ।

उनले भने, ‘सवारीको क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडक किनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन ।’

प्रवक्ता मल्लले सवारी चल्ने ‘रुट’ का पसल, सटर बन्द गराइने भन्ने विषय पनि हल्ला मात्रै भएको स्पष्ट पारे ।

प्रहरीले यसरी सर्वसाधारणलार्य हिड्न रोक नलगाएको उल्लेख गरे पनि सर्वसाधारण भने सडकमा घन्टौँ हिड्नबाट बच्चित भएका छन् । कतिपय स्थानमा एम्बुलेन्स समेत रोकिएको भन्दै सामाजिक सञ्जालमा त्यसको चार्को विरोध गरिएको छ ।

सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिको स्वागतका नाममा सरकारलाई जनतालाई दुःख दिएको भन्दै चर्को विरोध गरिएको छ । अधिकांशले सरकारले आवश्यकता भन्दा बढी सुरक्षाको हवाला गरेर सर्वसाधारणलाई सास्ती दिएको भन्दै अलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रहरीले सवारीमा सर्वसाधारणलाई हिडडुल गर्न रोक नलगाएको दाबी गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.