भारतीय राष्ट्रपतिलाई तीन भाषामा अभिनन्दन पत्र

भारतीय राष्ट्रपतिलाई तीन भाषामा अभिनन्दन पत्र

जनकपुरधामः भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ ।

नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए ।

अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुबै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृति अनुसार स्वागत, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अन्य विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

सोका लागि मन्दिरलाई फूलले सजाउने कार्य तीव्र रूपमा भइरहेका छन् । त्यस्तै राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने स्थल तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन र सजाउने कार्य पनि उच्चसुरक्षासहित भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवम् अभिनन्दनस्थल (तीन किलोमिटर)सम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ ।

मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि अभिनन्दन स्थलसम्मका सडक, चोकलाई सफा र चिटिक्क बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.