नेतालाई गम्भीर बन्न पूर्वराजाको आग्रह

नेतालाई गम्भीर बन्न पूर्वराजाको आग्रह

काठमाडौः पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरूलाई आफूले दिएको सुझावप्रति गम्भीर हुन आग्रह गरेका छन् । उनले भने, ‘दसैंको शुभकामना सन्देशमा उठाएका प्रश्न र वनकालीमा सम्पन्न हिन्दु अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका क्रममा आफूले दिएका अभिव्यक्तिप्रति नेताहरू गम्भीर हुनैपर्छ ।'

कमलादीमा मंगलबार बहिनी शोभा शाहीका हातबाट भाइटीका ग्रहण गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले भने, ‘दसैंको शुभकामना सन्देशमार्फत धेरै कुराहरू बाहिर आइसकेको छ । त्यसैगरी वनकालीको कार्यक्रममार्फत पनि आफूले केही कुरा राखेको हुँदा त्यसप्रति नेताहरू गम्भीर हुनुपर्‍यो ।'

शाहले दसैं सन्देश तथा वनकालीमा दिएको अभिव्यक्तिमा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा नेपालको निमित्त अभिशाप सिद्ध भएको र त्यसको जनताले नेतालाई जबाफदेही बनाउनुपर्ने आग्रह गरेका थिए ।

त्यसैको पूरकका रूपमा वनकालीमा पूर्वराजा शाहले यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सृजना भयो, यसका कारक तत्व केके हुन् भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्र्नै बेला भएकोतर्फ जोड दिएका थिए । भाइटीकाका दिनको अभिव्यक्तिमा आफूले उठाएका साधारण जनतासँगको अन्तरक्रियापछि आएको पनि उनले बताए ।

राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूलमन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वानसमेत पूर्वराजाले दशैंको सन्देशमार्फत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.