यि हुन् भारतीय राष्ट्रपतिको भ्रमणले आज व्यस्त हुने सडक

यि हुन् भारतीय राष्ट्रपतिको भ्रमणले आज व्यस्त हुने सडक

काठमाडौं: तीन दिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथको दर्शनका साथै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । बिहान १० बजेको समयमा पशुपतिनाथ जाने कार्यक्रम रहेकाले आज ९ बजेदेखि मुखर्जी पशुपतिनाथ पुग्ने सडकलार्इ खाली गरिनेछ ।

बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रका सडक खाली गरिने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

आजै बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्र खाली गरिने छ । सर्वसाधारणा यात्रुले उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने प्रहरीले जनाएको छ ।

त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रको सडक खाली गरिनेछ । उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रुलार्इ वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै आजै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रको सडक खाली गरिनेछ ।

आजै साँझ साढे ६ देखि बेलुकी साढे ८ सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सोही दिन बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा भारतीय राष्ट्रपतिको सवारी हुने भएकाले त्यस क्षेत्रको रुट भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु राम्रो हुने ट्राफिक प्रहरीको आग्रह छ ।

राष्ट्रपति मुखर्जी भोली जनकपुर तथा पोखरा जाने कार्यक्रम छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.