प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनस दिने
काठमाडौः प्रभु इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको २१ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार कम्पनीका सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै कम्पनीको पुँजी वृद्धिको लागि बोनस सेयर वितरण पश्चात कायमहुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निस्कासन प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा खुदमुनाफा १४ करोड ९३ लाख दुई हजार रुपैयाँ आर्जन गरेको थियो । हकप्रद सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी ७करोड ७५ लाख ५२ हजार हुने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ०७२÷०७३ मा ७६ करोड १७ लाख ९३ हजार बिमा शुल्क आर्जन गरेको छ ।
साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको जनाएको छ ।