पाकिस्तानले आफ्ना ६ कर्मचारी फिर्ता बोलायो

पाकिस्तानले आफ्ना ६ कर्मचारी फिर्ता बोलायो

नयाँ दिल्लीः पाकिस्तानले बुधबार भारतको राजधानी नयाँदिल्लीस्थित उच्चायोगमा कार्यरत आफ्ना ६ जना अधिकारीलाई इस्लामाबाद फिर्ता बोलाएको छ ।

गत साता नयाँदिल्लीमा कार्यरत पाकिस्तानी कूटनीतिज्ञ महमुद अख्तरलाई भारतीय प्रहरीले अवाञ्छित गतिविधिमा लागेको भन्दै अयोग्य भनी घोषणा गरेलगत्तै पाकिस्तानले यस्तो कदम चालेको हो । दिल्ली प्रहरीले अख्तरलाई भारतको जासुसी गरेको र सुरक्षा दस्तावेज चोरी गरेको आरोपमा नियत्रणमा लिई सोधपुछ पनि गरेको थियो ।

पाकिस्तानी उच्चायोगका ती ६ जना अधिकारी वाघा बोर्डर हुँदै पाकिस्तान पुगेको लाहोरबाट जनाइएको छ । अख्तरले जासुसी गर्ने काममा ती ६ जना अधिकारी पनि संलग्न रहेको जानकारी दिएका थिए ।

पाकिस्तानी उच्चायोगका कूटनीतिज्ञ अख्तर भने भारतले आफ्ना देशका लागि अयोग्य घोषणा गरेपछि गत साता नै फिर्ता भएका थिए । उनलाई भारतले ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको थियो ।
यसअघि पाकिस्तानी गुप्तचर संस्था आइएसआईका कर्मचारी रहेका उनी भिसा शाखामा कार्यरत थिए ।

अख्तरलाई देश निकाला गरेलगत्तै पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत भारतीय कूटनीतिज्ञ सुरजित सिंहलाई पाकिस्तान छाड्न लगाएको थियो ।

दुई कूटनीतिज्ञ निष्काशन गर्दै पाकिस्तान

पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत दुईजना कूटनीतिज्ञलाई भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का जासुस भएको आरोपमा देश निकाला गर्ने भएको छ । पाकिस्तान टुडेले कूटनीतिक आवरणमा उनीहरूले पाकिस्तानमा आतंकवादी गतिविधिलाई सहयोग गरेको उल्लेख गरेको छ ।

राजेशकुमार अग्निहोत्री एवं बलीर सिंहलाई यस्तो आरोप लगाइएको उक्त समाचार पत्रले जानकारी दिएको छ । अग्निहोत्री वाणिज्य काउन्सुलर र सिंह प्रेस जानकारी सचिवका रूपमा कार्यरत छन् । उनीहरूले पाकिस्तानमा आतंकवादलाई बढाउन सहयोग गरेको र आर्थिक सहायतथा गरेको दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.