मुखर्जीले पनि सर्वसाधारणसँग हात मिलाए
काठमाडौः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सर्वसाधारणसँग हात मिलाएका छन्।
त्रिभुवन विमानस्थलमा स्वागत गर्न बसेका बालबालिकासँग उनले हात मिलाएका हुन् । बालबालिकासँग हात मिलाउँदै उनले सन्चो, विसन्चोबारे सोधेका थिए।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सर्वसाधारणसँग हात मिलाएका थिए । मुर्खजीले सर्वसाधारणसँग हात मिलाए पनि उनको सवारीका क्रममा सर्वसाधारणलाई सास्ती भएको बताएका छन् ।