कंग्रेस नेता राहुल गान्धी पक्राउ

कंग्रेस नेता राहुल गान्धी पक्राउ

नयाँ दिल्लीः भारतीय कंग्रेसका नेता राहुल गान्धी र दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोदियालाई भारतीय सुरक्षाकर्मीले आरएमएल अस्पताल परिसर दिल्लीबाट बुधबार पक्राउ गरेका छन् ।

उनीहरू ओआरएपी मुद्दापछि आत्महत्या गरेको भनिएका पूर्वकर्मचारीका आफन्तजनलाई भेट्न आरएमएल अस्पताल पुगेका थिए । कंग्रेस नेता राहुललाई अस्पताल परिसरभित्र सुरक्षाकर्मीले पस्न नदिएको बताइएको छ । उक्त असवरमा नेता गान्धीले मोदी सरकारविरुद्ध व्यापक आलोचना गर्दै पत्रकारसँग भने, ‘के प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने सरकारले यसरी काम गर्नु राम्रो हो ? ’

यसैबीच गान्धीलाई नियन्त्रणमा लिएपछि प्रतिक्रिया दिँदै अस्पतालमा हुने स्वास्थ्य सेवालाई रोकिन नदिनु सुरक्षाकर्मीको जिम्मेवारी भएको भारतीय उच्च प्रहरी अधिकृत एम के मीनाले भनिन्, ‘हामी दिल्लीमा अस्पतालभित्र कुनै पनि राजनीति हुन दिन्नौं ।

प्रजातन्त्र भनेको स्वास्थ्य सेवालाई विनाविवाद सञ्चालन हुन दिनु होइन र ? ’ मीनाले कंग्रेस नेता गान्धीलाई मन्दिर मार्ग प्रहरी स्टेसनमा राखिएको जानकारी गराइन् ।

यसैबीच दिल्लीका उपमुख्यमन्त्री सिसोदियाले भने अस्पतालभित्र प्रवेश गरी मृतकका आफन्तजनलाई भेट गरी बाहिर निस्किने क्रममा उनलाई पक्राउ गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार सिसोदियाले सर्वसाधारणको एउटा गाडीमा गई मृतकका आफन्तजनलाई भेटेका थिए । —रासस/पिटिआई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.