भारतीय राष्ट्रपति मुखर्जी र एमाले नेता नेपालबीच भेटवार्ता
काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जी र नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालबीच भेटवार्ता भएको छ।
होटल हायातमा बिहीबार बिहान भएको भेटवार्तामा उनीहरुबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय हित, संविधान कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो।
नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता नेपाल हायात होटल पुगेका थिए। भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमणको दोस्रो दिन विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यसअघि बिहीबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजा अर्चना गरेका थिए।