कलाइस शिविरमा थप शरणार्थीलाई प्रवेश नदिइने

कलाइस शिविरमा थप शरणार्थीलाई प्रवेश नदिइने

पेरिसः फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलँदले फ्रान्सको कलाइस शिविरबाट केही शरणार्थीलाई अन्यन्त्र लगिएको भन्दै अब उक्त ठाउँमा थप शरणार्थीलाई बसोवास गर्न नदिइने बताएका छन् ।

कलाइस विगत केही समयदेखि व्यापक कानुनहीन अवस्थामा रहेको बताउँदै राष्ट्रपति ओलँदले अब यस क्षेत्रमा विदेशी नागरिकलाई शिविर बनाई बसोवास गर्न नदिइने स्पष्ट पारे ।

फ्रान्सेली पत्रिका ला भोक्स डु नोर्डलाई दिएको अन्तर्वार्तामा फ्रान्सेली राष्ट्रपति ओलँदले भने, ‘मैले कलाइसका बासिन्दालाई उक्त ठाउँमा नयाँ बस्ती बस्ने छैन भनेर कबुल गरेको छु । यहाँ नयाँ बस्ती बस्ने कुनै सम्भावना छैन ।’

उनले कलाइस क्षेत्रमा कन्टेनरमा घर बनाई शरणार्थी जीवन बिताइरहेका किशोरकिशोरीलाई एक दुई दिनभित्र सुरक्षित सेवा सम्पन्न शरणार्थी शिविरमा लगिने जानकारी दिए । त्यहाँ बेलायती अधिकारीले आफ्नो चासोका मुद्दालाई अध्ययन गर्ने प्रबन्ध मिलाइने छ ।

फ्रान्सले कलाइसबाट शिविर हटाएर अन्यन्त्र लग्दा त्यहाँ बस्दै आएका केही अभिभावकहीन शरणार्थी किशोरकिशोरीले आफ्ना आफन्त तथा मान्यजन बेलायतका विभिन्न ठाउँमा बस्दै आएको बताउँदै आफूहरू त्यहाँ जान पाउनुपर्ने भन्दै कलाइसबाट अन्यन्त्र सर्न अस्वीकार गरेका थिए ।

फ्रान्सेली अधिकारीले कलाइस क्षेत्रबाट शरणार्थीको अन्तिम समूहलाई सोमबार स्थानान्तरण गरिसकेका छन् ।

बेलायतले नयाँ फ्रान्सेली शिविरमा राखिने बेलायतमा आफन्त भएको बताउने अभिभावकहीन किशोरकिशोरीलाई बेलायतले छानबिन गरी न्याय दिलाउनेमा ओलँदले विश्वास राखेको आफ्नो अन्तर्वार्तामा बताएका छन् ।

गत साता फ्रान्सको शरणार्थी बस्तीबाट हटाउने नाटकीय निर्णयपछि अलपत्र शरणार्थीलाई बेलायतले लन्डन सहर प्रवेश गर्न दिने जनाएको थियो । अलपत्र परेका अभिभावकविहीन बालबालिका समेतका बस लन्डन पुग्दै गर्दा लन्डनका ह्यामरस्मिथ तथा फुलह्याम नगर क्षेत्र शरणार्थीको स्वागतका लागि खुला रहने बताइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.