भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधीको उपाधि

भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधीको उपाधि

काठमाडौंः भारतीय राष्ट्रपति प्रणब मुखर्जी काठमाडौं विश्वविद्यालयको मानार्थ महाविद्यावारिधीबाट विभूषित भएका छन्।

बिहीबार आर्मी अफिसर्स क्लबको अडिटोरियम हलमा आयोजित विशेष दीक्षान्त समारोहकाबीच प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधीबाट विभूषित गरेका हुन्।

पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेपछि भारतीय राष्ट्रपति मुखर्जी मानार्थ विद्याविरिधीको उपाधि ग्रहण गर्न भद्रकालीस्थित आर्मी अफिसर्स क्लब पुगेका थिए। विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, विश्वविद्यालयका उपकुलपति प्रा.डा रामकण्ठ मकाजु श्रेष्ठलगायत सहभागी थिए।

मुखर्जीले हायात होटलमा पूर्व राष्ट्रपति रामबरण यादवसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका छन्। साँझ ५ बजे राष्ट्रिय सभा गृहमा भारतीय राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.