राज्यपोषित आतंकवादविरुद्ध लाग्यौः भारतीय राष्ट्रपति

राज्यपोषित आतंकवादविरुद्ध लाग्यौः भारतीय राष्ट्रपति

काठमाडौः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आतंकवादका कारण एसिया क्षेत्रको शान्ति र स्थिरतामा असर परिरहेको धारणा राख्दै राज्यपोषित सीमापार आतंकवादविरुद्ध सबै देश लाग्नुपर्ने बताएका छन् ।

इन्डिया फाउन्डेसन र नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल र भारतः नयाँ आयामको खोजी' विषयक गोष्ठी समापन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले त्यस्तो बताएका हुन् ।

‘आतंकवादविरुद्ध उभिनु आज हाम्रो आवश्यकता बनेको छ । शान्ति र स्थिरताका लागि आतंकवादका सबै स्वरूपविरुद्ध हामी उभिनुपर्छ', उनले भने ।

मुखर्जीले बिमस्टेक, सार्कजस्ता क्षेत्रीय मञ्चमार्फत नेपाल र भारतले शान्ति, विकास र स्थिरताका लागि काम गरिरहेको बताए । उनले नेपाल यतिबेला नयाँ युगको संघारमा उभिएको स्मरण गर्दै बहुदलीय लोकतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक र आर्थिक रूपान्तरणको मार्गमा अघि बढिरहेको बताए ।

भारतले नेपालका जनताले अघि बढाएका कामको सदैव प्रशंसा गर्दै आएको उल्लेख गर्दै उनले भारतले लोकतन्त्र संस्थागत गर्ने प्रक्रियामा संस्थाहरूको विकासमा नेपालले चाहेको सहयोग दिन उत्सुक रहेको बताए ।

भारतीय राष्ट्रपतिले संविधान कार्यान्वयनका लागि लोकतान्त्रिक ढाँचाभित्र रहेर सबै पक्षलाई समेटी अघि बढ्न आग्रह गरे । संविधानबारे भारत सरकारको अहिलेसम्मकै अडानअनुरूप उनले संविधानको स्वागत भने गरेनन् ।

शान्ति  स्थिरताका लागि आतंकवादका सबै स्वरुपविरुद्व हामी उभिनुपर्छ । प्रणव मुखर्जी । भारतीय राष्ट्रपति 

यस्तै अभिव्यक्ति राष्ट्रपति मुखर्जीले बिहीबार काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन समारोह तथा काठमाडौं विश्वविद्यालयले प्रदान गरेको महाविद्यावारिधिको उपाधि ग्रहण गर्दा पनि व्यक्त गरेका थिए ।
काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन कार्यक्रममा मुखर्जीले नेपालको दिगो विकासका लागि भारत सबै पक्षमा सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

इन्डिया फाउन्डेसन र नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा भने उनले नेपालको संविधान कार्यान्वयन प्रक्रिया सफल होस् भन्ने भारतको शुभेच्छा रहेको बताएका थिए ।

‘दुई निकट छिमेकीका रूपमा नेपाल र भारतले काम गरिरहेका छन् । नेपाल र भारतबीचको सम्बन्ध सही दिशामा अघि बढिरहे पनि अझै धेरै कुरा गर्न बाँकी छ । नेपाल र भारतबीचका सम्बन्धका सम्भावनालाई साकार पार्न दुवै देश मिलेर काम गर्नुपर्नेछ', मुखर्जीले भने ।

नेपाल र भारतबीच ‘सिभिलाइजेसनल लिंकेज' र भ्रातृत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले खुला सिमाना र एक–अर्काे देशका नागरिकलाई राष्ट्रिय व्यवहार गरिएका कारण जनताको साझा विश्वास र साझा गन्तव्य रहेको बताए ।

नेपाल र भारतबीच परस्पर हितका क्षेत्रमा एक अर्काको हिस्सा रहेको मुखर्जीले बताए । नेपाल र भारतका साथै यस क्षेत्रका जनताको शान्ति, स्थिरता र कल्याणका लागि दुवै देशले मिलेर काम गर्नुपर्ने उनले बताए ।

भारतले छिमेकी मुलुकलाई पहिलो प्राथमिकता दिने नीतिअनुसार नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिइरहेको मुखर्जीले बताए । शान्तिपूर्ण सहअस्तित्व र साझा समृद्धिको मार्गचित्रअनुसार नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध अघि बढिरहेको उनले बताए ।

दुई देशबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र मौलिक रहेको उनको भनाइ थियो ।

नेपाली विद्यार्थीलाई विशेष सुविधा

भारत सरकारले भारतमा सूचनाप्रविधि विषयमा ग्र्याजुएसन गर्न चाहने नेपाली विद्यार्थीलाई सन् २०१७ देखि भारतीय विद्यार्थीसरह भर्ना सुविधा उपलब्ध गराउने भएको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीले यो सुविधा उपभोग गर्न पाउनेछन् । भारतीय राष्ट्रपति मुखर्जीले सोही कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सम्बन्ध अन्य देशसँग तुलना गर्न नसकिने बताए ।

मुखर्जी बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहालले होटेल द्वारिकाजमा आयोजना गरेको रात्रीभोजमा सहभागी भए । उनी शुक्रबार दिउँसो जनकपुर र पोखरा भ्रमणमा जाने कार्यक्रम छ । तीनदिने राजकीय भ्रमणमा आएका मुखर्जी शुक्रबारै अपराह्न ५ बजे भारतीय एयर फोर्सको विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.