‘विपत्ति सहने मुलुक बनाउन प्रतिबद्ध’

‘विपत्ति सहने मुलुक बनाउन प्रतिबद्ध’

नयाँदिल्लीः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सन् २०३० सम्ममा नेपाललाई विपत्ति सहन क्षमतायुक्त मुलुक (डिजास्टर रेसिलियन्ट नेसन) बनाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकोप जोखिम न्यूनीकरणका लागि नयाँदिल्लीमा भएको एसियाली मुलुकको मन्त्रीस्तरीय छैटौं सम्मेलनमा गृहमन्त्री निधिले विपद जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलता तथा दिगो विकासको लक्ष्य प्राप्तिका लागि विकासको पहललाई संस्थागत गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

चारदिने सम्मेलनको शुक्रबार उद्घाटन समारोहको दोस्रो मन्त्रीस्तरीय सत्रको अध्यक्षता गरेका गृहमन्त्री निधिले विपद् न्यूनीकरणका लागि एसियाली मुलुकले जारी गरेको सेडाई घोषणापत्रका आधारमा नेपालले विपद् व्यवस्थापन नीति तथा राष्ट्रिय रणनीतिक कार्ययोजनाअनुरूप काम सुरु गरिसकेको बताए ।

सेडाई फ्रेमवर्क २०१५0-२०३०, विपत्ति जोखिम न्यूनीकरणका लागि जापानको सेडाईमा २०१५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको तेस्रो विश्व सम्मेलनले पारित गरेको पन्ध्रबर्से विकासको घोषणापत्र हो ।
जापानको मियागी प्रान्तको राजधानी सेडाईमा जारी भएको घोषणापत्रमा विपद् जोखिमका कारण हुने मानवीय, भौतिक तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य प्राप्तिका लागि प्राथमिकताका सात क्षेत्रमा काम गर्ने सहमतिसहित नेपालसमेत एक सय सतासी मुलुकका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

सेडाई फ्रेमवर्कपछि आयोजना भएको यो पहिलो मन्त्रीस्तरीय सम्मेलन हो । सम्मेलनमा गृहमन्त्री निधिले गत वर्षको भूकम्पपछि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगको सराहना गर्दै भूकम्प प्रभावित परिवारको पुनर्वास तथा पुनर्निर्माणमा नेपालको अनुभव उल्लेख गरेका थिए ।

सम्मेलनको आइतबार हुने समापनमा एसियाली क्षेत्रीय योजना तथा कार्यान्वयनका लागि सहभागी मुलुकको धारणासहितको राजनीतिक प्रतिबद्धताअनुरूप नयाँदिल्ली घोषणापत्र जारी हुनेछ ।

संयुक्त राष्ट्रसंघको जोखिम न्यूनीकरण कार्यालयको सहयोग तथा भारतीय गृह मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका थिए । त्यस्तै संयुक्त राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधले समेत कार्यक्रममा मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.